गृह पृष्ठ

प्रतिनिधि सभाको बैठकमा सांसदहरू भन्दा खाली कुर्सी बढी


६ फाल्गुन २०८१, मंगलबार ००:००


काठमाडौँ, संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक मंगलबार बसिरहेको छ । तर, बैठकमा सांसदहरूभन्दा खाली कुर्सी बढी देखिएका छन् । बैठकको सुरुवातमा सांसदहरू उपस्थित भए पनि विशेष समयसम्म आइपुग्दा अधिकांश सांसदहरू बैठक छाडेर हिँडिसकेका थिए ।

यसअघि आइतबार पनि गणपूरक संख्या (कोरम) नपुगेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो । कोरमका लागि ६९ सांसद आवश्यक भए पनि बैठकमा ६८ सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरू हाजिर गरेर टाप कस्ने प्रवृत्ति नौलो भने होइन ।

प्रकाशित : ६ फाल्गुन २०८१, मंगलबार ००:००