काठमाडौं, प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा १०० वटा भन्दा बढी उजुरी परेको छ । १०० वटा उजुरी यसअघि नै सांसदहरूलाई बाँडिसकिएको छ । गत माघ ८ गते बसेको लेखा समितिको बैठकमा त्यसबेलासम्म प्राप्त उजुरीहरू सांसदहरूलाई वितरण गरिएको थियो ।
जसमा विभिन्न विषयमा १०० वटा उजुरी रहेका थिए । सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषयमा उजुरी पर्ने गरेका छन् । लेखा समितिका सचिव एकराम गिरीका अनुसार उजुरी आउनेक्रम जारी छ । ‘उजुरीहरू आइरहेका हुन्छन्’, गिरीले अनलाइनखबरसँग भने ।











प्रतिक्रिया