Breaking News Post

प्रधानमन्त्रीको घरमा तोडफोड,गोली चल्यो, २ जना घाइते


२४ भाद्र २०८२, मंगलबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ। उनको निवासमा प्रदर्शनकारीले तोडफोड गरिरहेका छन्। अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ।

प्रहरीको गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासतर्फ अघि बढेका थिए ।

प्रकाशित : २४ भाद्र २०८२, मंगलबार ००:००