Breaking News Post

प्रधानमन्त्रीलाई बालेनको आग्रह- मलाई मेयर हो भनेर बिर्सिनुस्


९ फाल्गुन २०८१, शुक्रबार ००:००


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् । सामाजिक सञ्जालमा उनले लेखेका छन् –
के भने बालेनले ?

प्यारो प्रधानमन्त्री ज्यु ,
अमेरिकाले करप्ट भनिसक्यो,
इन्डियाले भिकारी भनिसक्यो,
चीनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस्,
नेपाली भएर बाँच्ने आधार त दिनुस् ? ?

प्रकाशित : ९ फाल्गुन २०८१, शुक्रबार ००:००