काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनेछ ।
यसका अतिरिक्त बैठकमा भारत–पाकिस्तानबीचको पछिल्लो तनावपूर्ण अवस्थाबारे छलफल हुनेछ। आगामी आर्थिक वर्षको बजेट तयारीको प्रारम्भिक अवस्था, सरकारका विभिन्न तर्फबाट भइरहेका नीतिगत तथा कार्यक्रमगत कार्यान्वयनको समीक्षा र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कुनै निर्णय हुन्छ कि भन्नेबारे भने केही टुंगो नरहेको बताइएको छ।











प्रतिक्रिया