Breaking News Post

प्रधानमन्त्रीले सुनाए आफ्नो मिर्गौला फेल हुनुको कारण


२५ बैशाख २०८२, बिहिबार ००:००


काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरी घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ । पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ?’ उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।

प्रकाशित : २५ बैशाख २०८२, बिहिबार ००:००