गृह पृष्ठ

प्रधानमन्त्री ओलीले पूर्वसभामुखको निधनमा दुःख व्यक्त


२ मंसिर २०८१, आइतबार ००:००


काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु ।’

प्रधानमन्त्रीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुङ्गानाको योगदान सम्झिरहेको भन्दै दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना १ भनेका छन् । ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।

याे पनि पढनुहाेसः

काठमाडौं, आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो दिन १० अर्ब ३२ करोडको भएको थियो । बजारको परिसूचक नेप्से ४.९८ अंक बढ्यो । सो अंकको वृद्धिसँगै नेप्से २७५३ अंकमा कायम भएको छ । १४५ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ६ को स्थिर रह्यो । यस दिन होटल तथा पर्यटन सेक्टरका कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो । सो सेक्टर सबैभन्दा धेरै २.२१ प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०.६२, हाइड्रोपावर ०.८५, जीवन बीमा ०.२१, लगानी ०.१७, माइक्रोफाइनान्स १.२८, अन्य ०.११ र व्यापार ०.२४ प्रतिशत बढे । उत्पादन १.१३ प्रतिशत घट्यो । निर्जीवन बीमा ०.६९, फाइनान्स १.६३ र बैंकिङ ०.२१ प्रतिशत घटे ।

उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त, अपरहेवाखोलाको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ९.७१, बाराही हाइड्रोपावरको ९.२९, जनउत्थान लघुवित्तको ८.९६, भगवती हाइड्रोपावरको ८.४३ तथा ङादी ग्रुप पावरको ८.३५ प्रतिशत मूल्य बढ्यो । नारायणी डेभलपमेन्ट बैंक र जानाकी फाइनान्सको ७.८ प्रतिशत बढ्यो ।

समृद्धि फाइनान्स र गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मकर जितुमाया सुरीको ८ र बेस्ट फाइनान्सको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, समृद्धि फाइनान्स, जानाकी फाइनान्स, सिंगटी हाइड्रो र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

प्रकाशित : २ मंसिर २०८१, आइतबार ००:००