काठमाडौँ, खाली गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका काठमाडाैँ आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् ।
सरकारले धरानको खानेपानी समस्यालाई व्यवास्था गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।
याे पनि पढनुहाेसः
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी रिहा गर्न आदेश दिइएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन् । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।











प्रतिक्रिया