गृह पृष्ठ

प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटे


६ बैशाख २०८२, शनिबार ००:००


काठमाडौं, प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल चलिरहेको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् ।

याे पनि पढनुहाेस :

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन् । उनले शुक्रबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई बोलाएर छलफल गरेका हुन् ।

सो क्रममा उनले राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेको उच्च स्रोतले बतायो । पूर्वराजाले नयाँ वर्षको अवसरमा आफ्ना सहयोगी दलका नेताहरूलाई बोलाएर लन्चसहितको छलफल गर्नुभएको हो ।

करिब डेढ घण्टाको छलफलमा मूलतः पूर्वराजाले राजावादी समूह एकताबद्ध नभएको विषयमा बढी गुनासो गर्नुभयो’, स्रोतको भनाइ छ । आन्दोलन एकताबद्ध हुन सकेको खण्डमा आन्दोलन बलियो हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने पूर्वराजाको धारणा थियो ।

जनमत वर्तमान गणतन्त्रविरुद्ध रहेको बुझाइका साथ आफूले फागुन ७ मा देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरूलाई आह्वान गरेको पूर्वराजाको भनाइ थियो । सोहीबमोजिम बनेको नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति बनेपनि त्यसलाई राप्रपा नेतृत्वबाटै खुलेर साथ नरहेको बढी गुनासोसहितको सन्देश उनले प्रवाह गरेका थिए ।

यस्तै तीनकुने आन्दोलनको विषयमा पनि छलफल भएपनि विस्तृत कुरा स्रोतले खुलाउन चाहेनन् । स्रोतका अनुसार राप्रपा अध्यक्ष लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए । यस विषयमा बुद्धिमान तामाङले पूर्वराजासँग भेट भएको स्वीकारे । उनले छलफलमा भएको विषयबारे भने खुल्न चाहेनन् ।

प्रकाशित : ६ बैशाख २०८२, शनिबार ००:००