काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो ।
उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।
पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा ल्याइएसँगै उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।
केन्द्रका प्रवक्ता होबिन्द्र बोगटीले प्रसाईंलाई साइबर अपराध मुद्दामा पक्राउ गरिएको बताए । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भन्दै विवादास्पद भिडियो सार्वजनिक गरेका थिए ।











प्रतिक्रिया