सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा अफसेट प्रेस चलाउँदै आएका पुष्पराज देवकोटाको शं’कास्पद मृत्यु भएको छ । पुष्पदिप अफसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी कार्यकर्ताको कु’टपिटबाट मृत्यु भएको उनका परिवारले दावी गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रचार सामग्री छापेको बक्यौता रकम लिन देवकोटा बुधवार माओवादी केन्द्रको पार्टी कार्यालयमा पुगेका थिए । त्यहाँ उनीमाथि आक्रमण भएको परिवारको आरोप छ ।
मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दिएका छन् । सिन्धुलीका एसपी बिमलराज कँडेलले पुष्पराज देवकोटाको मृत्यु भएको बताए । उनले भने–‘अरु विषय अनुसन्धान हुँदैछ ।’











प्रतिक्रिया