काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको ह’त्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । ह’त्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।
फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट करिब ३ किलोमिटर पर उनी मृत फेला परेका हुन् ।
लागु औषधको विषयमा झगडा हुँदा याकु चौधरी र करण पासवान मिलेर उनको ह’त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई ‘लागु औषध ल्याइदिन्छु’ भनेर मानबहादुरले पैसा लगेका थिए । धेरै दिनसम्म लागु औषध नल्याएको र पैसा पनि फिर्ता नदिएको विषयमा उनीहरुबीच विवाद भएको छ । मृतकको टाउकोमा चोट देखिएको छ । ह’त्यापछि आरोपीहरु रिह्याव सेन्टरमा गएर लुकेर बसेका थिए ।











प्रतिक्रिया