कांग्रेसको आधिकारिक फेसबुकमार्फत पार्टीले फिरदोस आलमलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
उनी २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित हुने एक्ला सांसद हुन् ।
फिरदोस रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत पाएका थिए ।
फिरदोसका पिता मोहम्मद आफताब आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डका कारण चर्चामा आएका थिए ।
उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले अफतावलाई २०८१ वैशाखमा जन्मकैदको सजाय सुनाएको थियो । तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो ।
सफाइ पाएपछि जेलमुक्त भएका आलमको २१ कात्तिक २०८२ सालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।











प्रतिक्रिया