मनोरञ्जन

फुलेन्देको बाउ र रेखा अभिनित सुनिता थेगिम र सेमिहाङ सिङ्गक को `साम्याङ्फुङ´ सार्वजनिक (भिडियोसहित)


२४ भाद्र २०७८, बिहिबार ००:००


काठमाडौ, २४ भदौ ।

बहुप्रतिक्षित लिम्बू गित `साम्याङ्फुङ´ गितको भिडियो सार्वजनिक भएको छ । सुनिता थेगिम र सेमिहाङ सिंगकको आवाजमा रहेको ‘साम्याङ्फूङ’ अडियो मै चर्चा पाईसकेको थियो।
ललितपुर अवस्थित युङछाहिम सेकुवा कर्नरमा एक भब्य कार्यक्रम बिच उक्त भिडियो सार्वजनिक गरिएको हो ।

गायक स्वयंकै शब्द र संगीत रहेको ‘साम्याङ्फूङ’को म्युजिक भिडियोमा रेखा फागो, मौसम इम्बुङ (फु?लेन्देको बाउ), प्रेम सुब्बा, दिनेश माङ्मु लगायतको अभिनय रहेको छ भने छायाङ्कनमा भुपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मुको कोरियोग्राफी र अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।
भिडियोलाई चर्चित निर्देशक युगल पोमु ले निर्देशन गरेका हुन।

उक्त सार्वजनिक कार्यक्रममा गित-सङ्गितका दिग्गज ब्यक्तित्वहरुको भब्य उपस्थिती रहेको थियो।

कार्यक्रममा नेपाली साङितिक क्षेत्रका बादशाह राजेशपायल राई, दिपक लिम्बू, ब्रबिम सेर्मा,कुशल थलङ,याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो , निर्देशक सागर केरुङ,निर्देशक हाङ चेम्जोङ लगायतले
बधाई तथा शुभकामना मन्तब्य राखेका थिए।
भिडियोमा हेर्नुहोस
https://youtu.be/DV_JNUDWjW8

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार ००:००