गृह पृष्ठ

बढ्दो महँगी र भ्रष्टाचार मुद्दामा सरकार निस्प्रभावी रहेको भन्दै विरोध प्रदर्शन


१ मंसिर २०८१, शनिबार ००:००


काठमाडौँ, प्रभु साह नेतृत्वको आम जनता पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ । जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्त्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै पार्टीले विरोध प्रदर्शन गरेको हो ।

शान्ति वाटिकादेखि सुरु भएको प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए । जुलुस पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएको थियो ।

याे पनि पढनुहाेसः

काठमाडौं, आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

विभाकका अनुसार एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, बस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रालि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद, बैंक, वित्तीय र बिमातर्फ नविल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, बस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रालि सम्मानित भएका छन् ।

प्रकाशित : १ मंसिर २०८१, शनिबार ००:००