गृह पृष्ठ

बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या


१९ माघ २०८१, शनिबार ००:००


बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ ।

गाउँका १० जना मानिसको गोली हानेर हत्या गरेपछि बन्दुकधारीहरू भागेको सूचना प्राप्त भएको छ,’ अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । उनले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको पनि बताए । सिरियाली अखबार अल–वतानले घटनापछि बन्दुकधारीहरूको खोजीका लागि सुरक्षा बलहरूले अर्जाह क्षेत्रलाई घेराहालेको जनाएका छन् ।

प्रकाशित : १९ माघ २०८१, शनिबार ००:००