मनोरञ्जन

बालगायक सचिन परियारको निधन


१८ पुस २०८१, बिहिबार ००:००


काठमाडौँ, बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियो ।

भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्,भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको‘रातो रबर एक’,‘रुमाल खस्छकी’,‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् ।

प्रकाशित : १८ पुस २०८१, बिहिबार ००:००