काठमाडौं,प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ६ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
याे पनि पढनुहाेसः
काठमाडौँ, पाँच दिनदेखि लाङटाङ हिमालमा हराइरहेका स्लोभाकियन नागरिक भेटिएका छन् । हिमाल आरोहणका लागि गएका ३४ वर्षीय ओनरेज हुसर्के गोसाईंकुण्ड गाउँपालिका–३ को समुन्द्र सतहदेखि ७ हजार मिटरभन्दा धेरैको उचाइमा रहेको हिमालको ३० मिटरभन्दा बढी गहिरो खोँचमा भेटिएका हुन् ।
हवाई उद्धारका लागि गएको टोलीले उनले लगाएको लुगा, स्लिपिङ व्याग लगायतका आधारमा ती व्यक्तिको पहिचान गरे पनि उद्धार गर्न भने नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केशव भट्टराईले जानकारी दिए ।
‘उहाँ भएको ठाउँ चाहिँ पत्ता लगाइएको छ, तर, खोँचका फसेका कारण विशेषज्ञ टोली गएर मात्रै उद्धार हुनसक्ने अवस्था देखिएको छ । पर्वतारोहणमा यो एउटा एक्ट्रिम केस नै रहेछ,’ डीएसपी भट्टराई भन्छन्, ‘हिजो र आज मौसम खराब भएकोले हेलिकोप्टर जान पनि सकेको छैन, मौसम खुल्यो भने एक्सपर्ट टीम पठाएर उद्धार हुन्छ । हुसर्के स्लोभाकियाका चर्चित पर्वतारोही हुन् ।
हराइरहेका अर्का पर्वतारोही चीज रिपब्लिकका ५० वर्षीय मारेक होलेसेक्का भने सम्पर्कमा आएका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ पठाइएको उनले जानकारी दिए । अर्का एक जना जर्मन नागरिक ४३ वर्षीया रोवर्ड जर्ज न्यू वरलालाई टोलीले उद्धार गरेर काठमाडौँ पठाइसकेको छ ।










प्रतिक्रिया