गृह पृष्ठ

भ्रष्टाचारका २७ हजार उजुरी फर्छ्यौट, ९३२ उजुरीमा विस्तृतमा अनुसन्धान


३० भाद्र २०८१, आइतबार ००:००


काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा २७ हजार ७१४ थान उजुरी स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरेको जनाएको छ । अख्तियारले आइतबार सार्वजनिक गरेको आफ्नो वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार ९१८ र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरी समेत गरेर कुल ३६ हजार १८६ वटा उजुरी प्राप्त भएकामा २७ हजार ७१४ अर्थात् ७६.५९ प्रतिशत उजुरी फर्छ्यौट भएको जानकारी दिएको हो ।

आयोगका अनुसार स्क्रिनिङ र प्रारम्भिक छानबिन भएका फर्छ्यौट भएका २७ हजार ७१४ वटमा उजुरीमध्ये ९३२ वटाको उजुरीउपर विस्तृत अनुसन्धान गरिएको थियो । यस्तै १३ हजार ७१४ उजुरी तामेली गरिएको, ४९६ वटा उजुरीहरू उपर सुझाव दिई तामेली गरिएको र बाँकी १२ हजार ७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखि पठाएको आयोगको भनाइ रहेकाे छ ।

आयोगले प्रारम्भिक छानबिनको क्रममा रहेका ८ हजार ४७२ उजुरी आर्थिक वर्ष २०८१–०८२ मा जिम्मेवारी सरेर आएको पनि जनाएको छ । आर्थिक वर्ष २०८०–०८१ मा १०५० वटा फाइलहरूको विस्तृत अनुसन्धान भई पेस भएकोमा कुल ८६ वटा बैठक बसेर २०१ वटा मुद्दा दायर गर्ने निर्णय भएको पनि आयोगको भनाइ रहेकाे छ ।

याे पनि पढनुहाेसः
काठमाडौं, आज सेयर बजारको परिसूचक नेप्से ५०.७३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६३७ अंकमा कायम भयो । आज बजार खुलेको २५ मिनेटमै नेप्से परिसूचक २७३४ अंकसम्म पुगेको थियो । जुन इन्ट्राडे कारोबारको उच्चतम अंक हो ।

दिउँसो २:०५ बजेपछि भने बजारमा बिक्री चाप उच्च हुँदा गिरावट तीव्र देखियो । २:०५ बजेसम्म बजार २६९५ अंकमा हरियो थियो । त्यसपछि ओर्लिएको बजार २६३७ अंकमा झर्‍यो । यसले अन्तिम एक घण्टामा बिक्रेता हाबी भएको देखाउँछ । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ८ अर्ब १६ करोडको कारोबार भएकोमा आज १० अर्ब ३३ करोडको भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २१९ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ०.९३, विकमास बैंक २.५१, फाइनान्स ३.५३, होटल तथा पर्यटन ३.६८, हाइड्रोपावर १.४८, लगानी २.८०, जीवन बीमा २.७४, उत्पादन १.७९, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा २.१६, अन्य २.२३ र व्यापार ०.९० प्रतिशत घटेकाे छ ।

प्रकाशित : ३० भाद्र २०८१, आइतबार ००:००