Breaking News Post

मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै माघे संक्रान्ति पर्व मनाए


१ माघ २०८१, मंगलबार ००:००


काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले विविध साँस्कृतिक कार्यक्रम गर्दै माघे संक्रान्ति पर्व मनाएका छन्। माघे संक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा भेला भएका मगर समुदायले आ-आफ्नो कला संस्कृतिको प्रदर्शनका साथै शुभकामना आदानप्रदान गरेका छन्।

त्यसअघि काठमाडौंको भृकुटीमण्डपबाट सांस्कृतिक र्याली निकालिएको थियो । सांस्कृतिक र्‍याली बिभिन्न स्थानको परिक्रमा गर्दै टुँडीखेल पुगेको थियो। माघे संक्रान्ती पर्वको अवसर पारेर नेपाल मगर संघले काठमाडौंको टुँडसखेलमा दुईदिने महोत्सवको आयोजना गरेको हो नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन्।

यसदिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन्। चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशीर्वाद दिने प्रचलन छ। छोरीचेलीलाई गिठ्ठा,भ्याकुर,पिँडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ। घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ।

प्रकाशित : १ माघ २०८१, मंगलबार ००:००