सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा आइरहेने पात्र हुन । यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन भएको दाबी गरेका छन ।
मस्कले एउटा अन्तरवार्ताका क्रममा आफू एलियन भएको दाबी गरेका हुन् । त्यतिमात्र होइन उनले आफू एलियन भएको सबूत प्रमाण पनि छिटै नै पेस गर्ने जानकारी दिएका छन । अन्तरवार्ताकारले मस्कसँग सोधेका थिए–कतिपय मानिसहरुलाई लाग्छ कि तपाईं मानिस होइन, एलियन हो । त्यसको जवाफमा मस्कले आफू एउटा एलियन भएको र मानिसहरुलाई सोही कुरा भन्ने गरेको भएता पनि आफूमाथि कसैले पनि विश्वास नगर्ने बताएका थिए ।











प्रतिक्रिया