गृह पृष्ठ

महाकुलुङका ४८ जना जेष्ठ नागरिक पगडीसहित सम्मानित


३ बैशाख २०८०, आइतबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ का ४८ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । वडाको चालु आर्थिक वर्ष २०७९÷०८० को लक्षित वर्ग अन्तरगत विनियोजित बजेटबाट उनीहरुलाई कुलुङ संस्कृति अनुसार पगडीसहित सम्मान गरिएको हो ।

साथै सोही कार्यक्रममा वडाका २७ जना दलित विद्यार्थीहरुलाई ज्यामेती बक्स, झोला, कापी लगायतका शैक्षित सामाग्री पनि वितरण गरिएको संवाददाता झलक राईले जानकारी दिए ।

कार्यक्रम वडाको आदीवासी जनजाती शिर्षकको ७० हजार र लक्षित वर्गको ५० हजार बजेटबाट संयुक्त रुपमा गरिएको हो । कार्यक्रममा कुलुङ पुर्खाहरुको छोटो बृत्तचित्र समेत तयार गरिएको वडाध्यक्ष सरस्वती कुलङले बताइन् ।

कार्यक्रममा कुलुङ संघका केन्द्रीय समिति सचिव तथा सञ्चारकर्मी अजय अलङ्कार कुलुङ, दलित सामुदायिक संस्था अध्यक्ष प्रकाश रसाइली, कुलुङ खुक्सु गुस्खम अध्यक्ष पुर्णमान कुलुङ, इसाई समाजका पास्टर असारमान राई, वडाका जनप्रतिनिधिहरु, स्थानीय लगायतका गरी ६१ जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३ बैशाख २०८०, आइतबार ००:००