सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले गैरसरकारी संस्थाबाट ८ लाख बढीको स्वास्थ्य सामाग्री प्राप्त गरेको छ । पालिकालाई इको हिमाल नेपाल मार्फत जर्मनी नागरिकहरुले ८ लाख बराबरको विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलङुले जानकारी दिए ।
प्राप्त सामाग्रीहरुमा सिरिन्ज, ग्लोब्स लगायतका दर्जनौ सामाग्रीहरु रहेको अध्यक्ष कुलुङले बताए । उक्त औषधीलाई गाउँपालिकाको ६ ओटै वडाको स्वास्थ्य संस्थाहरुमा वितरण गरिने जनाइएको छ ।









प्रतिक्रिया