गृह पृष्ठ

महानगरपालिकाले कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसदमा प्रश्न


२५ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाका कवाड व्यवसायीमाथि अराजक गतिविधि भइरहेको भन्दै संसद्को ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कवाड व्यवसायीमाथि भइरहेका यस्ता गतिविधि रोक्नसमेत आग्रह गरिन् ।

प्रत्यक्ष रोजगारी,व्यापार घाटा कम गर्न खेलेको भूमिका र वातावरणीय सरसफाइ समेतलाई यो व्यवसायका कारण फाइदा पुगेको उनले बताइन् । एक आख मानिस प्रत्यक्ष रोजगारमा जोडिएका छन् । देशको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका रहेको छ । वातावरणीय सरसफाइमा पनि ध्यान दिएको छ,’ उनले भनिन् ।

कर तिरेर व्यवसाय सञ्चालन गर्दै आउँदा पनि महानगरले कवाड व्यवसायीलाई तोडफोड,सामान जफत गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन् । कानुन बमोजिम दर्ता भइ आफ्नो पेशा र व्यवसाय दर्ता गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका यस्ता खालका अराजक गतिविधिको रोक लगाइ कवाड व्यवसायीको जिउधनको सुरक्षा माग गर्दै स्वतन्त्र रुपमा आफ्नो पेशारव्यवसाय गर्न पाउने हकका लागि सभामुखमार्फत सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु,’ शुक्रबारको बैठकमा उनले भनिन् ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार ००:००