गृह पृष्ठ

युवकको शव सडेगलेको अवस्थामा बोराभित्र फेला


४ पुस २०८१, बिहिबार ००:००


धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ। धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा एक जनाको शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

प्रहरीका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो । घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए । डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको भन्ने स्थानीयले जानकारी गराएका थिए ।

याे पनि पढनुहाेसः

काठमाडौँ, पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो ।

पुरानो कानुन आएयता दर्जनौँ अन्तर्राष्ट्रिय महासन्धिहरू लागू भइसकेको र ती प्रावधान पुरानो ऐनले नसमेटेकाले नयाँ ऐनको प्रस्ताव गरिएको मन्त्रालयले विधेयकमा उल्लेख गरेको छ । साथै पानी जहाज सञ्चालनलाई विकास र विस्तार गर्न सोको प्रभावकारी नियमन गरी पानीजहाज सेवालाई सुरक्षित स्तरीय विश्वसनीय, नियमित र व्यवस्थित गर्नका लागि उक्त विधेयक बनाइएको जनाएको छ ।

विधेयकमा जलमार्ग रुट निर्धारण, अनुमति र प्रयोगसम्बन्धी प्रावधान राखिएको छ । पानीजहाज कार्यालयको व्यवस्था, सेवा सञ्चालन, पानीजहाजको दर्ता, स्वामित्व, पानीजहाजलाई राष्ट्रियताको प्रमाणपत्र प्रदान गर्ने, नेपालको झन्डा प्रयोग गर्नेलगायत विषयहरू विधेयकमा समेटिएको छ ।

२०२७ सालमा बनेको पानीजहाजसम्बन्धी तीन वटा कानुनहरू नेपालको व्यापारिक पानीजहाजको झन्डासम्बन्धी ऐन, पानीजहाज दर्ता ऐन र नेपाल पानीजहाज (प्रमाणपत्र र रोजनामचा) ऐनलाई प्रस्तावित नयाँ ऐनले विस्थापन गर्नेछ । साथै नयाँ कानुन आएपछि आन्तरिक जलमार्गमा पानीजहाज सञ्चालन व्यवस्थित हुने तथा समुद्रमा नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन सम्भव हुने अपेक्षा छ ।

प्रकाशित : ४ पुस २०८१, बिहिबार ००:००