Breaking News Post

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनिषा कोइराला


२६ असार २०८२, बिहिबार ००:००


काठमाडौँ, अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् । मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।

सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्। हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन्। उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन्।

उनले भनिन्, ‘म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ। जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ।’

प्रकाशित : २६ असार २०८२, बिहिबार ००:००