गृह पृष्ठ

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट दर्ता


७ बैशाख २०८२, आइतबार ००:००


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशवुरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

प्रकाशित : ७ बैशाख २०८२, आइतबार ००:००