मुख्य खवर

रविले कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिए


१४ माघ २०८१, सोमबार ००:००


काठमाडौं, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । सहकारी प्रकरणमा आफूसँग ६५ लाख रूपैयाँ धरौटी माग्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको दाबीसहित उनी उच्च अदालत गएका हुन् ।

उनले आफूलाई साधारण तारेखमा छाड्न माग गरेको बताइएको छ । लामिछाने हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । रविसँग काठमाडौं जिल्ला अदालतले ६० लाख रूपैयाँ र रूपन्देही जिल्ला अदालतले पनि १ करोड रूपैयाँ धरौटी मागेका छन् । पोखरापछि अन्य २ अदालतको आदेशविरुद्ध पनि रवि सम्बन्धित उच्च अदालत जाने बताइएको छ ।

प्रकाशित : १४ माघ २०८१, सोमबार ००:००