समाचार

रसुवा जोड्ने वैकल्पिक मार्गमा पनि सास्ती, राहत पुर्‍याउनै हम्मे


१५ भाद्र २०८३, सोमबार ००:००


१५ भदौ काठमाडौं । बाढीपहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाएको छ । तर उक्त बाटोमा सवारी चाप र साँघुरो भएका कारण गतव्यमा पुग्न निकै सास्ती छ । तीन दिन अघि नै काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो ।

तर साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या छ । कच्चीबाटो पानी परेका कारण हिलाम्ये छ । कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज छ । तर डोजर नपुगेका ठाउँमा गाडी पास गर्ने समस्या भइरहेको छ । यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा पर्ने गरेका छन् ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार ००:००