काठमाडौं, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाइने प्रतिबद्धता जनाएकी छन् । सरकारले पछिल्लो पटक १७ देशका लागि राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै प्रश्न उठेको छ । सोमबार संसदीय सुनुवाइ समितिले यसबारे छलफल गर्न परराष्ट्र मन्त्री राणालाई बोलाएको थियो ।
छलफलमा मन्त्री राणाले दलित र मुस्लिम समुदायबाट खोजे पनि सम्भव नभएको बताइन् । साथै आगामी दिनमा राजदूत सिफारिस गर्दा समावेशी बनाउने प्रतिबद्धता जनाइन् । जति समावेशी हुनुपर्थ्यो, समानुपातिक हुनुपर्थ्यो त्यो हुनसकेको छैन भन्ने मलाई पनि लागेको छ’ उनले भनिन्, ‘यो कुरा मन्त्रिपरिषद्मा म अघि बढाउनेछु ।’
उनले निर्णायक पदहरुमा महिलाका लागि निश्चित सीमा तोक्नुपर्नेमा समेत जोड दिइन् । मन्त्रिपरिषद्मा दुई जना महिला मात्र रहेको भन्दै उनले भनिन्, ‘यहाँ (राजदूत सिफारिस) पनि १७ जनामा दुई जना देखापर्नुभएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौं, सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ। बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी रहेका छन्।











प्रतिक्रिया