गृह पृष्ठ

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक


१४ चैत्र २०८१, शुक्रबार ००:००


काठमाडौं, राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।

अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ । राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ ।

कर्फ्यु पनि लाग्दैछ’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो । ५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार ००:००