ताजा घटना

रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते


२१ असार २०७९, मंगलबार ००:००


रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार ००:००