गृह पृष्ठ

राष्ट्रिय झण्डासहित दुर्गा प्रसाईँलाई रिहाकाे माग गर्दै माइतीघरमा प्रदर्शन


८ आश्विन २०८१, मंगलबार ००:००


काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउको विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

सो क्रममा प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेका थिए । गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर ब्यूरोमा जाहेरी दर्ता भएको थियो ।

मंगलबार दिउँसो एक समूहले राष्ट्रिय झण्डासहित माइतीघरको सडकमा भेला भएर प्रदर्शन गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी एक नेतृले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई आइतबार उनको निवास भक्तपुरबाट पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी विरामी भएका कारण वीर अस्पतालमा भर्ना भएका छन् ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलबार ००:००