ताजा घटना

प्राधिकरणको बैठक आज सिंहदरबारमा बस्ने


१ कार्तिक २०८१, बिहिबार ००:००


काठमाडौँ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्दै छ । गृहमन्त्री अध्यक्ष रहेको प्राधिकरणको बैठक आज अपराहन्न ३ बजे प्राधिकरणको कार्यालय, सिंहदरबारमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकले बाढी पहिरोपछिको राहत वितरण र पुनस् निर्माण बारे महत्वपूर्ण निर्णय गरेर सरकारलाई सिफारिस गर्ने तयारी गरिएको छ । प्राधिकरणको सिफारिस अनुसार आजै बस्ने मन्त्रिपरिषदको बैठकले यस विषयमा निर्णय लिने बताइएको छ ।

याे पनि पढनुहाेसः

जिउदाको जन्ती जानुभन्दा मर्दाको मलामी जानु बेस हो अति उत्तम हो । भनेझैं संकटको समयमा पीडित परिवारलाई साथ दिनु मानवीय असल र आत्मीय गुण होभन्ने उदेश्य द्वारा उत्प्रेरित आमूल परिवर्तन नागरिक पार्टीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ थापाथली स्थित पौरखी बस्ती (सुकुम्बासी)बस्तीमा बाढीबाट पीडितलाई विभिन्न राहतका प्याकेजको सहयोग आह्वान गर्दै निरन्तर सेवामा लागेको पार्टी अध्यक्ष दल मर्दन कामीले बताएका छ्न ।

एकतामा बल छ एकता शक्ति छ भन्दै पीडित परिवारलाई सबैले मिलेर सहयोग गरौं, एकता प्रेमको भावना रहौ भन्दै सहयोगको अपिल समेत गरेका थिए कामी दिनानुदिन बस्तीमा पार्टीका नेताकार्यकर्ता लाई स्वयंसेवक परिचालन गरि सुकुम्बासीका घर टहराम बाढीले जम्मा गरेको हिलो फालेको र कपडा धुदै गरेको तस्वीर फुटेजहरु सामाजिक संजालमा सार्वजनिक गर्दै उनले भनेका छ्न हामी उद्दार कार्यमा निरन्तर छौ ।

दल मर्दन कामीको नेतृत्व रहेको आमूल परिवर्तन नागरिक पार्टीले गत ११ र १२ गते अविरल बर्षाले देशभर बाढीपहिरोबाट ठुलो क्षति भएपछि काठमाडौंमा उपलब्ध पार्टी सचीवलयको बैठकबसि पार्टीको उपमहासचिव बिदुर अधिकारीको संयोजकत्वमा उपाध्यक्ष डिल्ली तामाङ,उपमहासचिव स्याम राई, सचीव सोम राइ र कोषाध्यक्ष डिके लिम्बूसहित पाँच सदस्यीय बिपत्त व्यवस्थापन समिति निर्माण गरि उद्वार कार्यक्रम सन्चालन गरेको थियोे।

गत११-१२,१३ गतेको अविरल वर्षा बाट पीडित काठमाडौं उपत्यकाको सुकुम्बासी मध्य काठमाडौं ११थापाथली र बंसीघाट त्यसै गरि बल्खुका सुकुम्बासी सबैभन्दा धेरै क्षति गरेको हो पीडित सुकुम्बासी परिवारको अबस्था अत्यन्तै नाजुक रहेको र उक्त बाढीले बस्तिवासिको खाने चामल दाल,ग्यास सिलिन्डर,चुलो देखि,लाउने कपडा र ओढ्ने ओछ्याउने कपडा समेत बगाए पछी उनीहरु कष्टकर अबस्थामा रहि देशमा हिन्दुहरुको महान दशैको समयमा यस्तो बिजोग हुनेगरी गएको बाढीपहिरोले उक्त स्थानका सुकुम्बासी परिवारलाई पछिल्लो समय वल्लो दशैं न पल्लो तिहार भएको छ । यसै बीचमा कामीले पार्टी अंतरगत बनेको विपत व्यवस्थापन समितिकोलाई उद्वार र राहतका कार्यमा निरन्तर पहलका लागी समेत आग्रह गरेका छ्न ।

प्रकाशित : १ कार्तिक २०८१, बिहिबार ००:००