गृह पृष्ठ

राष्ट्रिय सभाको बैठक आज बस्दै


१४ बैशाख २०८०, बिहिबार ००:००


काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । नयाँबानेश्वर स्थित सङ्घीय संसद् भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।

बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००