ताजा घटना

रास्वपाको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल


२० जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरणबारे छलफल गरिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा भिजिट भिसा प्रकरण, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसहित समसामयिक विषयमा छलफल भएको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

संसदीय दलको बैठकअघि केन्द्रीय सचिवालयको बैठक बसेको थियो ।

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार ००:००