Breaking News Post

रिजालको घरमा गोली चल्याे,गोली छाना छेडेर कोठाभित्र खस्याे


२२ चैत्र २०८१, शनिबार ००:००


शनिबार ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको बताइएको छ। ‎ उक्त गोली छाना छेडेर कोठाभित्र खसेको छ। ‎‎

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए। ‎‎यो गोली कताबाट आयो,कसले चलायो यसै भन्न सकिने‌ अवस्था छैन,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।

प्रकाशित : २२ चैत्र २०८१, शनिबार ००:००