गृह पृष्ठ

रुख काट्ने क्रममा तुलसीको को मृत्यु


२४ मंसिर २०८१, सोमबार ००:००


रुख काट्ने क्रममा हाँगा खसेर लाग्दा इलाममा एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका जीतपुर सुँगुरेडाँडाका ४९ वर्षीय तुलसी जवेगूको उपचारको क्रममा मृत्यु भएको हो । रुखको हाँगाले लाग्ने बित्तिकै प्रहरी र आफन्तले उद्धार गरी जवेगुलाई झापास्थित बी एण्ड सी अस्पतालमा उपचारको लागि पठाएका थिए ।

जवेगुको शव बी एण्ड सी अस्पतालमा नै राखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिए ।

याे पनि पढनुहाेसः

काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सिनामंगलस्थित केएमसी अस्पतालमा सारिएको छ । सर्वोच्च अदालतको आदेशले उनलाई हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको सिफारिसमा उनलाई केएमसीमा सारिएको केन्द्रीय साइबर ब्यूरोका एकजना अधिकृतले बताएका छन ।

साइबर ब्यूरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ । मंसिर ४ मा पक्राउ परेका प्रसाईंमाथि सीआईबीले आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ ।

स्रोत बिना अवैध सम्पत्ति आर्जन गरेको सूचनाको आधारमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु भएको सीआईबीका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए । उनले भने, ‘सम्पत्ति शुद्धीकरण सम्बन्धी पनि अनुसन्धान गर्दै छौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको एउटा टेलिकम कम्पनीमा लगानी गरेको दाबी गर्दै कागजात सार्वजनिक गरेपछि उनी पक्राउ परेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उनलाई थप ३ दिन हिरासतमा राख्न आइतबार काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित : २४ मंसिर २०८१, सोमबार ००:००