दोस्रो चरणको लकडाउन सुरु भए यता लुम्बिनी प्रदेशभर २१ वटा हत्याका घटना घटेका छन् भने ७९ जना महिला बलात्कृत भएका छन् । त्यस्तै यही अवधिमा २ सय २३ जनाले आत्महत्या गरेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ–तुल्सीपुरले दिएको जानकारी अनुसार प्रदेशका १२ वटा जिल्लामध्ये सबैभन्दा बढी १७ वटा बलात्कारका घटना बर्दियामा घटेका छन् । त्यस्तै नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन्, रुपन्देहीमा ११ वटा, कपिलवस्तुमा १२ वटा, पाल्पामा ४ वटा, अर्घाखाँचीमा ३, गुल्मीमा १, प्युठानमा ३, दाङमा १२, रोल्पामा ४ र बाँकेमा ९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शुन्य छ । त्यस्तै प्रदेशभर १७ वटा जवरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन् ।
यता, नवलपरासीमा २ वटा हत्या घटना घटेका छन् भने रुपन्देहीमा ४, कपिलवस्तुमा ५, पाल्पामा १, अर्घाखाँचीमा २, दाङमा ३, बाँकेमा ४ वटासहित २१ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएका हुन् । त्यस्तै प्रदेशभर २० वटा ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका छन् ।
आत्महत्या गर्नेहरूमा पुरुष बढी
प्रदेशमा आत्महत्या गर्नेमा सबैभन्दा बढी दाङमा ४९ जनाले गरेका छन् । त्यस्तै, नवलपरासीमा १७ जनाले, रुपन्देहीमा ४४ जनाले, कपिलवस्तुमा २१, पाल्पामा १७ जनाले, अर्घाखाँचीमा १६ जनाले, गुल्मीमा १४ जनाले आत्महत्या गरेका छन् । प्युठानमा ८ जनाले, दाङमा ४९ जनाले, रोल्पामा ९, रुकुम पूर्वमा ३ जनाले, बाँकेमा ३ जना र बर्दियामा २२ जना सहित २ सय २३ जनाले आत्महत्या गरेका हुन् । ती मध्ये १ सय २० जना पुरुषले आत्महत्या गरेका छन् । ७८ जना महिला, ९ जना बालक र १६ जना बालिकाले आत्महत्या गरेका छन् ।
सि.नं. जिल्ला आत्महत्याद्वारा मृतकको संख्या
पुरुष महिला बालक बालिका
१ नवलपरासी पश्चिम ११ ५ ० १
२ रुपन्देही २३ १७ ० ४
३ कपिलबस्तु १४ ५ ० २
४ पाल्पा ८ ७ ० २
५ अर्घाखाँची १० ३ २ १
६ गुल्मी ६ ५ १ २
७ प्यूठान ३ ३ १ १
८ दाङ २५ २३ १ ०
९ रोल्पा ३ २ ३ १
१० रुकुम पुर्व १ १ ० १
११ बाँके १ २ ० ०
१२ बर्दिया १५ ५ १ १
जम्मा १२० ७८ ९ १६
दुर्घटनामा ८७ जनाको ज्यान गयो
यस अवधीमा नवलपरासीमा ६१ वटा सवारी दुर्घटना भएका छन् । रुपन्देहीमा ३८ वटा, कपिलवस्तुमा ३२ वटा, पाल्पमा १२ वटा, गुल्मीमा २, अर्घाखाँचीमा २ वटा, दाङमा २७ वटा सवारी साधन दुर्घटना भएका छन् । त्यस्तै, प्युठानमा ५, रोल्पामा ५, रुकुम पुर्वमा २, बाँकेमा २२ र बर्दियामा १३ वटासहित २ सय २१ वटा सवारी साधन दुर्घटना भएका छन् ।
नवलपरासीमा १४ जनाको दुर्घटनमा परि मृत्यु भएको भने रुपन्देहमा पनि १४, कपिलवस्तुमा १८ जना, पाल्पामा ४ जनाको सवारी दुर्घटनामा परि ज्यान गएको छ । गुल्मीमा २ जना, अर्घाखाँचीमा १ जना, प्युठानमा ७ जना, दाङ्गमा ७ जना, रोल्पामा १ जना, रुकुम पुर्वमा १ जना, बाँकेमा १४ र बर्दियमा ४ जना सहित ८७ जनाको मृत्यु भएको छ । प्रदेशभर २ सय ८७ जना घाइते भएका छन् ।
दुई महिनामा साढे दुई करोड बढी राजश्व सङ्कलन
वैशाखको दोश्रो हप्तादेखि असारको पहिलो साता सम्म लुम्बिनी प्रदेशको प्रहरी र ट्राफिक प्रहरीले साढे दुई करोड बढी राजश्व संकलन गरेको छ ।









प्रतिक्रिया