गृह पृष्ठ

लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित,कसले कति पाए ?


१२ बैशाख २०८०, मंगलबार ००:००


काठमाडाैँ, चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको अग्रता धेरै भएकोले उनको जित सुनिश्चित भइसकेको छ ।

पछिल्लो मतपरिणामअनुसार ६० हजार ६७३ मत गन्दा लामिछानेले ४३ हजार १०१ मत पाएका छन् । त्यसैगरी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ ७ हजार ९५२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन् ।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार ००:००