गृह पृष्ठ

शिक्षकहरूका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल


२ बैशाख २०८२, मंगलबार ००:००


काठमाडौँ, अर्थ मन्त्रालयमा शिक्षा,गृह र अर्थमन्त्रीबिच छलफलमा सुरु भएको छ। शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबिच छलफल भएको हो । शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् । शिक्षामन्त्री विद्या भट्टराईलाई बुझाएको २४ बुँदे ध्यानाकर्षण पत्रमा आफ्ना मागहरू अहिलेसम्म किन सम्बोधन हुन नसकेको हो भन्दै उनीहरुले प्रश्न गरेका थिए।

प्रकाशित : २ बैशाख २०८२, मंगलबार ००:००