Breaking News Post

सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाए


३ भाद्र २०८२, मंगलबार ००:००


काठमाडौँ, सत्ता गठबन्धनले सिंहदरबारमा बैठक बोलाएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा गठबन्धनको बैठक बोलाइएको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

उक्त बैठकमा सहभागी हुन नेताहरू पुग्ने क्रम जारी रहेको छ । बैठकमा सहभागी हुन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगिसकेकी छन् । जसपा र लोसपाका नेताहरू पनि सिंहदरबार जाने क्रममा रहेको बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन हस्ताक्षर अभियान चलाएपछि सत्ता समर्थक साना दलहरूलाई पनि समेट्न बैठक बोलाइएको बुझिएको छ ।

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार ००:००