काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य विभाजन तथा संरचनामा फेरबदल गर्ने भएको छ। आज अपराह्न केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले कार्यविभाजन भएका नेताको नामावली प्रस्तुत गर्ने छ।
पार्टीका सचिव सोमप्रसाद पाण्डेयका अनुसार विभागीय प्रमुख, जिल्ला इञ्चार्ज, आयोग तथा जनसंगठन इञ्चार्जलगायत पदमा दिइने जिम्मेवारीलाई बैठकले अनुमोदन गर्ने छ। बुधबारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
याे पनि पढनुहाेसः
काठमाडौँ, चीनले अघि सारेको अन्तर्राष्ट्रिय विकास रणनीतिक कार्यक्रम बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा आएपछि नेपालमा चीनबाट विभिन्न उच्च स्तरीय भ्रमणहरू सुरु भएका छन् ।
सरकारी प्रतिनिधिदेखि लिएर विभिन्न विज्ञहरूको टोली नेपाल आउन थालेका छन् । बीआरआइ अन्तर्गत रहेका विभिन्न परियोजनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न चीन हतारमा देखिएको छ । त्यसका लागि उसले आफ्ना विभिन्न विज्ञ समूहलाई सक्रिय गरेको छ ।
आजै मात्र चीनबाट उच्च स्तरीय दुईटा टोली नेपाल आउन लागेका छन् । स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको हाइनान प्रान्तीय युनाइटेड फ्रन्ट वर्क विभागका उपमन्त्री वाङ यु चङको नेतृत्वमा एउटा टोली नेपाल आइ पुगेको छ भने चीनको क्वाङतोङ प्रान्तीय जातीय तथा धार्मिक मामिला आयोगका उपनिर्देशक चङ सिआओहुई नेतृत्वको प्रतिनिधिमण्डल बैंकक हुँदै नेपाल आइ पुग्ने बताइएको छ ।
उपमन्त्री चङ हाइनान प्रान्तीय सरकारको धार्मिक मामिला ब्युरोका निर्देशक हुन् । आजदेखि आइतवारसम्म हुने नानहाई बुद्धिज्म राउन्ड टेबलमा भाग लिनका लागि उनीहरू नेपाल आउन लागेको बताइएको छ ।











प्रतिक्रिया