गृह पृष्ठ

समितको बैठकमा साह र कुसारीबीच नोकझोक,बाेल्न नपाउदा माइक फालिन्


८ जेष्ठ २०८२, बुधबार ००:००


काठमाडौं, प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरणकुमार साह र समिति सदस्य कल्पना मियाँ कुसारीबीच नोकझोक चलेको छ । समितको बैठक बुधबार बिहान साढे ७ बजेका लागि बोलाइएको थियो ।

समिति सभापति साहका अनुसार, बैठक सकिन लाग्दा मओवादी सांसद कुसारी पुगेकी थिइन् । बैठकमा पुगेलगत्तै कुसारी बोल्न खोजेपछि सभापति साहले अनुमति लिएर बोल्न भने । लगत्तै, उनीहरूबीच केहीबेर नोकझोक चल्यो ।

समितिमा दुई वटा प्रतिवेदन बुझ्ने कार्यक्रम थियो । बैठक सकिन लागेको थियो । उहाँ माननीय (कल्पना मियाँ) सवा ९ बजेतिर आएर बोल्न लाग्नुभयो । ढिला आउनु भयो, कसको अनुमतिले बोल्न लाग्नु भएको छ भनेर सोधेको हुँ । त्यसपछि उहाँ रिसाउनुभयो,’ सभापति साहले भने ।

सभापतिको जवाफले सांसद कुसारी रिसाइन् । उनले अरु सांसद बसेको ठाउँतिर माइक फालिन् । उनको माइकले सभापति अगाडि रहेको नेमप्लेट आफैंतिर फर्किएको सभापति साह बताउँछन् । माइक अरु माननीय भएतिर फाल्नु भएको हो ।

म भएतिर फालेको होइन,’ सभापति साहले भने । यसबारे सांसद कुसारीले समितिको बैठकमा भनाभन भएको स्वीकार गरिन् । भनाभान भएको हो । सभापति अभिभावक हो । उहाँ रिसाउनुभयो । म पनि रिसाह मान्छे हुँ । रिसको बदला रिस नै लिएको हुँ,’ कुसारीले भनिन् ।

हिजो नै उनले आफू बैठकमा ढिला आउने जानकारी सभापति साहलाई गराएको पनि उनले बताइन् । बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन । ७ बजे बैठक राखेर संसदको कर्मचारीलाई दुःख दिएको छ । हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ,’ उनले भनिन्, ‘१०–११ बजे बैठक राखेको भए पनि हुने हो ।

बिहान राति बैठक राख्नुपर्ने थिएन । आफूले अनुगमनको नाममा भएको अनियमितताबारे बारम्बार प्रश्न गरेकाले सभापति रिसाएको उनले बताइन् । अनुगमनको नाममा भएको अनियमिताबारे मैले पहिलेदेखि नै बोल्दै आएको छु ।

खर्च पारदर्शी हुनुपर्छ भन्दा सभापतिले बोल्न रोक लागाउन खोज्नु भएको हो,’ उनले भनिन् । सभापति साहले आजको घटनामा छानबिन गरेर सांसद कुसारीलाई कारबाही गरिने बताए । माइकमा के कति क्षति भएको छ त्यो हेर्न सचिवालयलाई भनेको छु । कारबाहीको प्रक्रिया अगाडि बढ्छ,’ सभापति साहले भने ।

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार ००:००