Breaking News Post

सरकारले ठुलो मात्रामा उपसचिवहरूको पदस्थापन,खोटाङ र ओखलढुंगाले पायो सीडीओ


२२ फाल्गुन २०८१, बिहिबार ००:००


काठमाडौँ, सरकारले ठुलो मात्रामा उपसचिवहरूको पदस्थापन र सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा भएका ३९ सहसचिवको पदस्थापन र ५३ सचिवको सरुवा गरेको हो । कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरिएको र विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले सूचना निकालेर जानकारी दिएको छ ।

सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् । ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा.नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।

त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ । रौतहटमा विनोदकुमार खड्का,संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ । नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित : २२ फाल्गुन २०८१, बिहिबार ००:००