ताजा घटना

साँखुमा भेटिएको मानव कंकालको पहिचान खुल्न सकेन


६ श्रावण २०७९, शुक्रबार ००:००


काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखु स्थित बनमा भेटिएको मानव कंकालको पहिचान खुल्न सकेको छैन् । साउन २ मा फेदी बनमा खहरे खोला नजिकै मानव शरीरको कम्मर मुनिको भाग भेटिएको थियो ।

कंकाल परिक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । हराएका मानिसहरुबाट पहिचान खुलाउन प्रहरीले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा सो कंकालको डिएनए परिक्षणका लागि पठाउने तयारी गरेको छ । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ६ श्रावण २०७९, शुक्रबार ००:००