Breaking News Post

सांसदमा प्रधानमन्त्रीलाई बाेल्न दिए लगत्तै रास्वपा सांसदहरू बैठकबाट बाहिरिए


१४ असार २०८२, शनिबार ००:००


काठमाडौँ, भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे सम्बोधन गर्न समय दिए लगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका थिए । त्यसअघि आकस्मिक समयमा रास्वपाका सांसदहरूले बेल घेराउ गरेका थिए । राप्रपाका सांसदहरू भने सांसद रोशन कार्की बोले लगत्तै बाहिरिएका थिए ।

प्रकाशित : १४ असार २०८२, शनिबार ००:००