गृह पृष्ठ

सांसद विमला गौचनको निधन


२९ कार्तिक २०८१, बिहिबार ००:००


गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो । बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् । उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन्। उनको पार्थिव शरिर अस्पतालमै राखिएको छ । उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित : २९ कार्तिक २०८१, बिहिबार ००:००