ताजा घटना

साउदी पुगेका युवराजको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु


९ कार्तिक २०७८, मंगलबार ००:००


सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका-२ देउरालीका युवराज क्याप्छकी मगर रहेको बताईएको छ । साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए ।

दाजुका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको सिलसिला त्यहाँ पुगेका एक रेस्टुरेन्टमा काम गरिरहेका थिए । भाइको शवलाई जतिसक्दो चाँडो नेपाल पठाईदिन त्यहाँस्थित नेपाली दूतावास लगायत सम्बन्धिय निकायलाई दाजु मनहरी अनुरोध गरेका छन् । मृकको शवलाई रोजगारदाता कम्पनीसँग सामन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा भई चाँडै नेपाल पठाउने नेपाली दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार ००:००