समाचार

सानोबजारको भब्य उद्घाटन ( भिडियोसहित)


८ असार २०८०, शुक्रबार ००:००


८ असार/काठमाडौँ

गोकर्णेश्वर नगरपालिका – ५ जोरपाटी चोकमा सन्चालनमा रहेको सानोबजार नयाँ ठाउँमा स्थानान्तरण गरि भब्य रुपले उद्घाटन गरिएको छ ।
बि.सं. २०५८ सालदेखी सन्चालनमा रहेको बजार साबिक को ठाउँ देखि ५० मिटर पर सारिएको हो।

जोरपाटी चोक देखि भने २०० मिटर नारायणटार सडकखण्ड ओरालो पुर्वतिर सारिएको हो।
गोकर्णेश्वर नगरपालिकाका पुर्व मेयर तथा प्रतिनिधि सभा सदस्य सन्तोष चालिशे को प्रमुख आतिथ्य मा बजारको गेटमा रिबन भब्य उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सांसद तथा सानोबजार को प्रमुख संरक्षक कृष्ण राई, माननिय शान्ती श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, वडाका अध्यक्ष हरु,समाजसेवी,पत्रकार ,सुरक्षाकर्मी तथा व्यावसायिहरुको बाक्लो उपस्थिति रहेको थियो।

 

गोकर्णेश्वर नगरपालिकाको करिब ४ करोड लगानीमा नयाँ ट्र्ष्ट निर्माण गरिएको हो।
बजार रहेको पुरानो स्थानमा नगरपालिकाको प्रशाशकिय भवन बन्ने भएकोले सो स्थान खाली गरि नयाँ ठाउँमा सारिएको नगर प्रमुख दिपक रिसालले बताए।

ब्यबसायिक सफल्ताको शुभकामना दिदैँ ब्यबसायिहरुको हक हित र सुनिश्चितताको लागि सदैब साथमा रहने बजार संरक्षक तथा माननीय कृष्ण राईले जोड दिए ।

 

 

करिब २ दशकदेखि काठमाडौको उत्तरपुर्वी क्षेत्रमा रहेको सानोबजारले निम्न स्तर देखि सबै बर्गका ग्राहकहरुलाई सस्तो,सुलभ मुल्यमा सेवा दिदैँ आएको छ।

एकै छानामुनी १६० भन्दा बढी स्टलहरु रहेको बजारमा रेडिमेड कपडा,जुत्ता चप्पल,मोजा,बिधुतिय सामान,मोबाईल,घडी,फलफुल,मसला ,झोला चश्मा लगायत सयौँ प्रकारका सामाग्रीहरु,चियानास्ता लगायत उपलब्ध रहेको छ।
प्रयाप्त पार्किङ, सुबिधायुक्त शौचालय ,निशुल्क वाईफाई सहित सन्चालनमा रहेको सानोबजार लाई सानिमा बैंकले पनि सहयोग गरिरहेको छ।

 

 

२२ बर्षदेखी संचालित सानोबजार नयाँ ठाउँमा स्थानान्तरण पछि भब्य उद्घाटन ,
हेर्नुहोस भिडियोमा 🙏🙏👇️👇️

 

प्रकाशित : ८ असार २०८०, शुक्रबार ००:००